८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राष्ट्र बैंकद्धारा चालु पुँजी कर्जा नीति संशोधन, कर्जा पुनरर्तालिकीकरणलाई अनुमति

राष्ट्र बैंकद्धारा चालु पुँजी कर्जा नीति संशोधन, कर्जा पुनरर्तालिकीकरणलाई अनुमति
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा संशोधन गर्दै कर्जा व्यवस्थापनमा केही नयाँ प्रावधान ल्याएको छ।

संशोधित व्यवस्थाअनुसार, बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’ अन्तर्गत दिइएको कर्जालाई अब आवधिक प्रकृतिमा मात्र प्रदान गर्नुपर्नेछ। यस प्रकारको कर्जाको भुक्तानी अवधि सम्बन्धित संस्थाको चालु पुँजी नीति अनुसार निर्धारण हुनेछ।

पहिले प्रवाहित कर्जाहरू पनि ऋणीको नगद प्रवाह र वित्तीय विवरणको आधारमा आवश्यकता देखिएमा २०८३ असार मसान्तसम्म एकपटक पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको छ। तर, यस्तो पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थापनको लागि पुनर्तालिकीकरण मानिने छैन।

त्यस्तै, महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्गको विस्तारका कारण विस्थापित उद्यम तथा व्यवसायमा प्रवाहित कर्जा पनि पुनःसंरचना वा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था राखिएको छ। यसका लागि ऋणीले नगद प्रवाह र आम्दानी विश्लेषण प्रमाणित गरी कम्तीमा १० प्रतिशत ब्याज रकम बुझाइसकेपछि बैंकले कर्जा पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न सक्नेछ।

राष्ट्र बैंकले स्पष्ट पारेको छ कि यस्तो पुनर्रतालिकीकरण वा पुनःसंरचना २०८३ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ र कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थापन त्यही वर्गअनुसार कायम गर्नुपर्नेछ।