८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन

उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन
अ अ+ अ-

काठमाडाैँ । स्थापनाको एक वर्ष बित्न लाग्दा समेत उपभोक्ता अदालतमा सरकारी निकायहरुबाट मुद्दा दायर नभएको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले सरकारको आलोचना गरेका छन् ।

काठमाडौँ उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन भएको एक वर्ष बितेपनि सरकारले मुद्दै दर्ता गरेको छैन ।

उपभोक्ता स्वयं अदालतमा मुद्दा लिएर जाने गरेपनि सरकारी निकायहरु अहिलेसम्म नगएको भन्दै उनीहरुले अधिकारकर्मीहरुले सरकारको आलोचना गरेका हुन् ।

विश्व उपभोक्ता अधिकार दिवस नेपाल २०२६ को अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले अघिल्लो सरकारले उपभोक्ता अदालत गठन गरेर सञ्चालनमा ल्याएपनि उपभोक्तालाई क्षतिपूर्ति दिलाउनका लागि सरकारी निकायहरुले मुद्दा नलगको भन्दै आलोचना गरे ।

उनले उपभोक्ता अदालतबाट एउटा मुद्दा कम्तिमा ३ महीनाभित्रै फैसला हुनु सकारात्मक रहेको बताए । बानियाँकाअनुसार नसर्ने रोग अन्तर्गत सुर्तीजन्य पदार्थबाट वर्षमै हजारौलाई क्यान्सर लागिरहेको छ । क्यान्सरजस्ता नसर्ने रोगबाट नेपालमै हजारौँको ज्यान गइरहेकाले यसमा समयमै सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।

उपभोक्ता अदालतका शाखा अधिकृत होमनाथ कँडेलले आर्थिक वर्ष २०८१/८२ मा १७ थान मुद्दा दर्ता भएको र चालु आर्थिक वर्षको हालसम्म २३ थान मुद्दा दर्ता भएको बताए । उनकाअनुसार चालु आवमा दर्ता भएको मुद्दा मध्ये चिकित्सकीय लपरबाहीसम्बन्धि धेरै छन् भने सवारी, निर्माण, टिभि, ल्यापटप खरिद तथा मर्मतसम्बन्धि मुद्दा समेत दर्ता भएका छन् ।

चिकित्सकिय लापरबाहीसम्बन्धि अघिल्लो आर्थिक वर्षमा ६ थान मुद्दा दर्ता भएकोमा चालु आ.व.मा ९ थान भएका छन् भने सबारी सम्बन्धि अघिल्लो आर्थिक वर्षमा ४ थान दर्ता भएकोमा चालु आवको हालसम्ममा ६ थान दर्ता भएका छन् ।

त्यस्तै निर्माण सम्बन्धि अघिल्लो आवमा १ थान र चालु आ.व.मा समेत सोही बराबर मुद्दा दर्ता भएका छन् । उपभोक्ता अदालतमा टिभि ल्यापटप खरिद तथा मर्मतससम्बन्धि ३ थान अघिल्ला आर्थिक वर्षमा मुद्दा दर्ता भएकोमा चालु आ.व.मा २ थान भएको कडेलले जानकारी दिए ।

उनले उपभोक्ताबाट अदालतमा मुद्दा दायर भएपनि सरकारले भने अहिलेसम्म नलगेको बताए ।