२३ श्रावण २०८३, शनिबार
,
Latest
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदी किनारमा ३८ वर्षीया महिला मृत फेला, घटनाबारे अनुसन्धान सुरु



अ+ अ-

काठमाडौँ । बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकको धारीघाटस्थित महाकाली नदी किनारमा ती महिला मृत अवस्थामा भेटिएकी हुन्।

भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

बिहीबार बिहान मृत अवस्थामा फेला परेकी महरको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।।