९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

तनहुँमा पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

तनहुँमा पशु क्षति भएका कृषकलाई रु १० लाख राहत
अ अ+ अ-

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो ।

यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिए।

वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत रु ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ५ सुदीप गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ मानबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

वडा नं ५ वीरबहादुर कामीलाई गोरु क्षतिबापत रु १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत रु ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत रु १८ हजार, निमबहादुर भुजेललाई गोरु क्षतिबापत रु १८ हजार र जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको छ ।

पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ ।

अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई रु दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई रु एक लाख ५० हजार तीन सय, वडा नं ६ का १७ जना कृषकलाई रु दुई लाख ६५ हजार ५०० राहत वितरण गरिएको थियो ।