१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुन उपमेयर कप तेक्वान्दो शुक्रबारदेखि



अ+ अ-

काठमाडौं। प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए ।

प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधामा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं आयोजक समितिका सचिव राजन भण्डारी बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख खर्च हुने अध्यक्ष सिवाकोटीले जानकारी दिए दुई दिने प्रतियोगिताका खेलहरु नागार्जुन–४ स्थित खोपाटोलमा खेलाइने छ ।

यसैगरी हरेक स्पर्धाका स्वर्ण विजेतालाई बाफलस्थित हृदय निकेतनले प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

त्यससम्बन्धी सम्झौतापत्रमा अध्यक्ष सिवाकोटी र हृदय निकेतनका प्रिन्सिपल करणसिंह गोयलाले यसअघि नै हस्ताक्षर गरिसकेका छन् ।




भर्खरै