९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

‘खादा र टिका लगाएर रातारात नेता बन्ने प्रवृत्तिले राजनीति सस्तो र विकृत बन्यो’: पम्फा भुसाल

‘खादा र टिका लगाएर रातारात नेता बन्ने प्रवृत्तिले राजनीति सस्तो र विकृत बन्यो’: पम्फा भुसाल
अ अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले राजनीति अत्यन्तै सस्तो र विकृत बन्दै गएको बताएकी छन् ।

मोतीदेवी स्मृति केन्द्रको कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्तो बताएकी हुन् । विगतका राजनीतिक आन्दोलनहरूमा नेता तथा कार्यकर्ताले गरेको कठोर त्याग, तपस्या र जेलनेलको स्मरण गर्दै अहिले बिना कुनै संघर्ष ‘खादा र टिका’ को भरमा पद र अवसर प्राप्त गर्ने होडबाजी चलेको भन्दै चिन्ता प्रकट गरिन् । उनले त्यागको ठाउँमा सस्तो लोकप्रियता र अवसरवाद हाबी हुनु नेपाली राजनीतिको ठूलो विडम्बना भएको बताइन्।

आन्दोलनमा रगत पसिना बगाएका, कितावमा नाम नलेखिएका र मञ्चमा उपस्थित गराउन नसकिएका हजारौँ योद्धाहरू ओझेलमा परेको तर संघर्ष नै नगरेकाहरूले राजनीति गरिरहेको बताइन्। न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र राजनीतिमा महिलाहरूको बढ्दो उपस्थितिले केही आशा जगाए पनि राजनीतिमा भित्रिएको ‘सस्तो अवसरवाद’ ले समग्र आन्दोलनको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरिन्। उनले ‘सस्तो अवसरवाद’ लाई सच्याएर अगाडि बढ्नुपर्ने चुनौती रहेको बताइन् ।