२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन

नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन
अ अ+ अ-

काठमाडौंँ । निर्वाचनको समिक्षा बैठकमा बोल्दै गरेका नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ ।

बिहीबार कास्की जिल्ला कार्यालयको बैठकमा बोल्दाबोल्दै ढलेका थापाको हृदयघातको कारण निधन भएको नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।

पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक चलिरहेको थियो। बैठकमा १० मिनेट सम्बोधन गर्दै गर्दा इन्चार्ज थापा ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगेपनि केहीबेरमा चिकित्सकले मृत घोषणा गरेको बरालले बताए ।

थापा २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व मेयर कृष्ण थापाको निधनको खबरबाट दुखित भएको बताउनु भएको छ ।

उहाँले सामाजिक संजालमा लेख्नु भएको छ, “उहाँ (थापा) हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मेरा लागि उहाँ पार्टीको केन्द्रीय सदस्य मात्रै होइन, २०३९ सालदेखिको साथी हुनुहुन्थ्यो। निरंकुश व्यवस्थाको विरूद्ध जेल जीवनको क्रममा मलाई पोखरा कारागार सारिँदाको समयदेखिका मेरा मित्रको निधनले मर्माहत छु। उहाँको निधनबाट हामीले असल कमरेड मात्र गुमाएका छैनौं, यसले पार्टीलाई क्षति पुर्‍याएको छ। दिवंगत कृष्ण थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”