२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वान्झाउ विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ठोक्किएको घटनामा प्राधिकरणद्वारा स्पष्टीकरण माग



अ+ अ-

काठमाडौं: नेपाल एयरलाइन्सको एउटा विमान चीनको ग्वान्झाउ विमानस्थलमा अर्को विमानसँग ठोक्किएको घटनाका बारेमा नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एयरलाइन्ससंग स्पष्टिकरण माग गरेको छ ।

वरिष्ठ क्याप्टेन उद्धव घिमिरेले गत माघ २३ गते ग्वान्झाउबाट काठमाडौंका लागि उडान भर्न लागेको आरएनए ४१८ (एयरबस ए३२०) उडानका लागि धावनमार्गमा लैजाँदा अर्को विमानसँग ठोक्किएको थियो ।

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता बिक्रम राज गौतमले सात दिन भित्र घटनाका बारेमा के कसो भएको हो जानकारी गराउन नेपाल एयरलाइन्सलाई पत्राचार गरेको जानकारी दिनुभयो । प्रवक्ता गौतमले न्यूजपोलारसंग भन्नुभयो “एक साता भित्र घटनाको जानकारी गराउन हिजो (बुधबार) पत्राचार गरेका छौ , आगामी मंगलबार सम्म जवाफ आउछ त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुन्छ ।”

नेपाल एयरलाइन्सले यस घटनालाई सामान्य रुपमा लिए पनि चिनियाँ अधिकारीहरुले गम्भीर सुरक्षा प्रोटोकल उल्लंघन र लापरवाही भनेको छ ।

यो पनि पढ्नुहोस- नेपाल एयरलाइन्सको विमान ग्वान्झाउमा ठोक्कियो, घटना गुपचुप राख्ने प्रयास

यस घटनापछि चीनको नागरिक उड्डयन विभागले नेपाल एयरलाइन्सका अधिकारीलाई ग्वान्झाउमा उपस्थित भएर घटनाबारे प्रष्ट पार्न पटक–पटक स्पष्टीकरण मागेको छ। स्रोतका अनुसार टेकअफ क्षेत्रमा देखिएको नेभिगेशन त्रुटिसम्बन्धी उडान सञ्चालन विवरण पठाउन औपचारिक पत्राचार गरेको थियो।

नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीका अनुसार चिनिया पक्षले घटना हुँदा रहेको दृश्यता अवस्था, सञ्चार प्रक्रिया, रनवे सतहको स्थिति तथा अन्य वातावरणीय पक्षबारे पनि जानकारी मागेको थियो।

तर, एक साताभित्र जानकारी दिन भनिए पनि नेपाल एयरलाइन्सले ती विवरण उपलब्ध गराएन। सञ्चालन विभाग र सुरक्षा कार्यालयका जिम्मेवार अधिकारीहरूले नेपालमा निर्वाचनका कारण व्यस्त रहेको भन्दै मार्च १० मा प्रस्ताव गरिएको बैठकमा उपस्थित हुन अस्वीकार गरेको स्रोतको दाबी छ।

यसपछि मार्च ९ मा चार बुँदे चेतावनी दिँदै नेपाल एयरलाइन्सको निष्क्रियता अस्वीकार्य भएको जनाएको छ, ग्वान्झाउ बैठकमा उपस्थित हुन भनिएको छ ।

सामान्यतया विदेशी नागरिक उड्डयन प्राधिकरणले कुनै एयरलाइन्ससँग सुरक्षा विषयमा प्रश्न उठाउनु दुर्लभ मानिन्छ र यस्तो कदम गम्भीर सुरक्षा त्रुटि देखिएमा मात्र उठाइने बताइन्छ।