५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
अ+ अ-

काठमाडौँ, २८ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ ।

यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारू पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन् ।

सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकमा दलहरूले पाएको मत हेर्दा दलित क्लष्टरमा रास्वपाबाट सात महिला, दुई पुरुष गरी नौ जना, कांग्रेसबाट दुई महिला, एक पुरुष, एमालेबाट एक दलित महिला, नेकपाबाट एक दलित महिला गरी १४ जना आउने देखिन्छ । यो भनेको बढीमा पाँच प्रतिशत हो ।

अन्तरिम व्यवस्थापिका–२०६३ मा भने १८ (५.४७) जना दलितको सहभागिता थियो । विसं २०६४ को संविधानसभामा यो सङ्ख्या बढेर ५० (८.३२) पुग्यो । त्यसैगरी, २०७२ सालको संविधानसभामा ४० (६.६५), प्रतिनिधिसभा २०७४ सालमा २० (७.२७) र प्रतिनिधिसभा २०७९ मा १६ (५.८१) जना दलितको सहभागिता थियो । यो तथ्य हेर्दा प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने पक्का छ ।

विसं २०७२ को नयाँ संविधानको प्रस्तावनामा नै भनिएको ‘समानुपातिक समावेशी र सहभागिता सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ विषयले पनि व्यावहारिक पूर्णता पाउन सकेन । यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको थियो । एमाले डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाएको थियो ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके–३ बाट खगेन्द्र सुनारलाई टिकट दिएको थियो । उहाँहरूमध्ये खगेन्द्र सुनार मात्रै विजयी हुनुभएको छ ।

नेपालको संविधान २०७२ ले पहिलोपटक दलित समुदायको सहभागिताको कुरा गरेको छ । संविधानको धारा ४० ले ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक सामावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने व्यवस्था गरेको छ । तर, यसको व्यावहारिक कार्यान्वन भएको देखिँदैन ।

दलित अधिकारकर्मी पदम सुन्दास भन्नुहुन्छ, “दलित सुमदायको प्रतिनिधित्व सुनिश्चित गर्न महिलाको ३३ प्रतिशत जस्तै दलितका लागि यसको जनसङ्ख्याका आधारमा संवैधानिक र कानुनी व्यवस्था हुनुपर्छ ।”रासस

फोटो -एआई