२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व



अ+ अ-

काठमाडौँ, २८ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ ।

यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारू पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन् ।

सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकमा दलहरूले पाएको मत हेर्दा दलित क्लष्टरमा रास्वपाबाट सात महिला, दुई पुरुष गरी नौ जना, कांग्रेसबाट दुई महिला, एक पुरुष, एमालेबाट एक दलित महिला, नेकपाबाट एक दलित महिला गरी १४ जना आउने देखिन्छ । यो भनेको बढीमा पाँच प्रतिशत हो ।

अन्तरिम व्यवस्थापिका–२०६३ मा भने १८ (५.४७) जना दलितको सहभागिता थियो । विसं २०६४ को संविधानसभामा यो सङ्ख्या बढेर ५० (८.३२) पुग्यो । त्यसैगरी, २०७२ सालको संविधानसभामा ४० (६.६५), प्रतिनिधिसभा २०७४ सालमा २० (७.२७) र प्रतिनिधिसभा २०७९ मा १६ (५.८१) जना दलितको सहभागिता थियो । यो तथ्य हेर्दा प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने पक्का छ ।

विसं २०७२ को नयाँ संविधानको प्रस्तावनामा नै भनिएको ‘समानुपातिक समावेशी र सहभागिता सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ विषयले पनि व्यावहारिक पूर्णता पाउन सकेन । यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको थियो । एमाले डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाएको थियो ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके–३ बाट खगेन्द्र सुनारलाई टिकट दिएको थियो । उहाँहरूमध्ये खगेन्द्र सुनार मात्रै विजयी हुनुभएको छ ।

नेपालको संविधान २०७२ ले पहिलोपटक दलित समुदायको सहभागिताको कुरा गरेको छ । संविधानको धारा ४० ले ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक सामावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने व्यवस्था गरेको छ । तर, यसको व्यावहारिक कार्यान्वन भएको देखिँदैन ।

दलित अधिकारकर्मी पदम सुन्दास भन्नुहुन्छ, “दलित सुमदायको प्रतिनिधित्व सुनिश्चित गर्न महिलाको ३३ प्रतिशत जस्तै दलितका लागि यसको जनसङ्ख्याका आधारमा संवैधानिक र कानुनी व्यवस्था हुनुपर्छ ।”रासस

फोटो -एआई