८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब २५ हजार मेट्रिकटन मल आयात गर्ने भएको छ । चालु आवमा चार लाख ६६ हजार मेट्रिकटन मल साल्टट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीमार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले २५ हजार मेट्रिकटन मल आयातका लागि पुनः बोलपत्र आह्वान गरेको हो ।

गत वर्षको तुलनामा अन्तरराष्ट्रिय बजारमा मलको मूल्यमा भएको वृद्धिले यस वर्ष ५९ हजार मेट्रिकटन मल आयातमा कमी हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट चालु आवमा चार लाख ९१ हजार मेट्रिकटन मल आयातमा हुने मन्त्रालयले जनाएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ ।

मन्त्रालयले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेकामा बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजी गरेको थियो । वैकल्पिक स्रोतबाट पनि रकम जुटाउन सकिएको थिएन ।

केही स्थानमा मात्र चैते धानखेती हुने भएकाले सो मल आयात भएपछि किसानलाई उपलब्ध गराउन समस्या नहुने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय आह्वान गरिएको बोलपत्रअनुसार मल आयात भएपछि चालु आवमा चार लाख ९१ हजार मल वितरण किसानलाई गर्न सकिन्छ । देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब ७० प्रतिशत हिस्सा र साल्टट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ ।

स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय ग्लोबल टेन्डरका माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ । मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ ।

अन्तरराष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ) मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ । विसं २०७८ को कृषिगणनाअनुसार कृषक परिवारमध्ये ७६ प्रतिशत कृषक परिवारले धानबालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।