२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार बिहानसम्म समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसक्छः आयोग



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जि.सी.ले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताउनु भयो ।

उहाँकाअनुसार मंगलवार अपरान्हसम्म ३÷४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जि.सी.ले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताउनु भयो ।

यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जि.सीले बताउनु भयो ।

उहाँले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिव पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताउनु भयो ।समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जि.सी.ले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा निर्वाचन २०८२ को पहिलो हुने निर्वाचित हुने (प्रत्यक्षतर्फ) मतगणना सम्पन्न भई परिणाम समेत घोषणा भइसकेको छ । समानुपातिकतर्फ आज बिहानसम्म १२-१३ निर्वाचन क्षेत्रहरुको प्रक्रियामा थियो ।

त्यो बाहेक अरु सबै निर्वाचन क्षेत्रहरुको परिणाम आइसकेको थियो । अहिले भर्खरसम्म बुझ्दाखेरी ३÷४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा रहेको छ । आज मध्यराती वा भोलि बिहानसम्ममा सबै निर्वाचन क्षेत्रको परिणाम आइसक्छ भन्ने जानकारी आएको छ । अन्य सबे निर्वाचन क्षेत्रको परिाणाम आइसकेको जानकारी आएको छ ।

अन्तिम नतिजा भोलि बिहान नभए दिउँसोसम्ममा आइसक्छ भन्ने हाम्रो अनुमान छ । कतिपय ठाउँमा उम्मेदवार वा प्रतिनिधिबीचको विवाद हुनसक्छ । अथवा सदर र बदर मतको समेत कहिले कहीँ विवाद हुनसक्छ । त्यस्तो विवाद भयो भने अन्तिम परिणाम आउन केही ढिला हुनसक्छ ।

यही अनुपातमा मतगणना जारी रह्यो भने हामीले अपेक्षा गरेअनुसार नै परिणाम आउने जानकारी गराउन चाहन्छु । त्यस्तै मैले हेर्दा केही जिल्लाहरुमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखेको छु । तथापी मैले केही जिल्लाको नमुनाको आधारमा भनेको हुँ । तर गत निर्वाचनको समेत डाटालाई अध्ययन गर्दा सरदर पाँच प्रतिशत मत बदर हुन्छ कि भन्ने छ । यद्यपि अन्तिम फिगर चाँही समानुपातिकको समेत मत गणना भइसकेपछि सदर मत र बदर मतको प्रतिशत यकिन हुनेछ । समानुपातिकको मत गणना सम्पन्न भइसकेपछि राजनीतिक दलहरुलाई सिट बाँडफाँडको लागि हामी पत्राचार गर्छौं ।’

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १८ सिट जित्न सफल भएको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ९ सिट जितेको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । समानुपातिकतर्फ समेत राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ । —न्युज एजेन्सी नेपाल