२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष घिसिङले आज वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद दिँदै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन तथा गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताउनुभयो । उहाँले चुनावमा हार प्राविधिक विषय मात्र  भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभइ उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष घिसिङले विषम परिस्थितिकाबीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिनुहुने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ । लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ, तर चुनावमा हार प्राविधिक विषय मात्र हो, छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ ।”