२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

 एनआरएनएको उपाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा

 एनआरएनएको उपाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा
अ अ+ अ-

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि समाजसेवी तथा व्यवसायी ददिवल खड्का ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

खड्काले सन् २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्य सुदृढ बनाउने लक्ष्यका साथ नेतृत्वमा आउन चाहेको बताएका छन्।

जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ताका रूपमा चिनिने खड्का विगत डेढ दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानसँग आबद्ध रहँदै आएका छन्। विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खड्काका अनुसार एनआरएनए विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो। त्यसैले संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको धारणा छ।

जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान तथा विपद् राहत सहयोगजस्ता गतिविधिमा खड्काको सक्रिय सहभागिता रहँदै आएको छ। साथै नेपाली समुदायबिच सहकार्य र समन्वय बढाउने, नयाँ पुस्तालाई सामाजिक अभियानमा जोड्ने तथा नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने कार्यमा पनि उनी सक्रिय रहँदै आएका छन् ।

खड्का जापानमा सफल व्यवसायीका रूपमा पनि परिचित हुनुहुन्छ। व्यवसायिक गतिविधिमार्फत नेपालीहरूका लागि रोजगारी तथा अवसर सिर्जना गर्ने प्रयास गर्दै आएका उनी नेपाली व्यवसायी संघ जापान का वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न संघसंस्थासँग आवद्ध रहेका छन् ।

एनआरएनए अभियानमा खड्काको लामो अनुभव रहेको छ। उनी यसअघि सन् २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, सन् २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसी) सदस्य तथा सन् २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका छन् ।

उम्मेदवार खड्काले विदेशमा रहेका नेपालीहरूले भोग्ने कानुनी तथा प्रशासनिक समस्याको समाधानका लागि पहल गर्ने, प्रवासी नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, दोस्रो पुस्ताका नेपाली युवालाई एनआरएनए अभियानमा जोड्ने तथा संस्थाभित्र देखिने विभाजन अन्त्य गर्दै पारदर्शी र एकताबद्ध संगठन निर्माण गर्ने एजेन्डा अघि सारेका छन्।

गैरआवासीय नेपाली संघ को १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदैछ। उक्त महाधिवेशनबाट संस्थाको नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।