१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारको मैत्रीकला प्रर्दशनी राजधानी सुरु



अ+ अ-

काठमाडौं । राजधानी काठमाण्डौमा नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा विहिबार देखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो ।

प्रर्दशनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । क्यानभासमा गणेशको चित्र कोरेर उपराष्ट्रपति पुनले मैत्रीकला प्रर्दशनीको उद्घाटन गर्नुभएको हो ।

औपचारिक उद्घाटनपछि उपराष्ट्रपति पुनले चित्रकला प्रर्दशनीको अवलोकन पनि गर्नुभएको थियो । प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्यका २४ वटा गणेशको चित्रको साथै १० वटा नेपाली मुर्ति र चिनीया कलाकार झेन झोन्गी का ३० वटा श्यामश्वेल चित्र प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चिनिया कलाकार झेन झोन्गीले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी भएकाले दुवैको सम्पदाको प्रयोग र कला तथा सिप आदान प्रदानमा प्रर्दशनीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झोन्गीले नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउदा आफु अत्यन्तै खुसी भएको बताउनुभयो । शिक्षा क्षेत्रमा विशेष योगदान पुर््याउदै आएका चिनीया कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसक्नुभएको छ । कार्यक्रममा क्रोधकला शिरोमणी वरिष्ठ मूर्तिकार कालु कुमाले, वरिष्ठ समाजसेवी अम्बिका श्रेष्ठ, चिनिया कलाकार झेन झोन्गी, वरिष्ठ चिनिया पत्रकार सु हाओ, लगायतलाई सम्मान गरिएको थियो । प्रर्दशनी ५ दिन सम्म चल्ने छ ।