८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा
अ अ+ अ-

काठमाडाैँ । नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनेका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

डा वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको छ । गत उपनिर्वाचनमा उहाँ यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी भएका थिए ।

गोरखा जिल्लामा जन्मिएका वाग्ले सामान्य परिवेशमा हुर्किएका हुन् । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ उच्च शिक्षाका लागि विदेश पुगे। अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उहाँले ‘पिएचडी’ पूरा गरे।

अध्ययनका क्रममा उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका थिए । यही अध्ययनले उहाँलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो ।

उच्च शिक्षापछि डा वाग्लेले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरे। विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उहाँले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरे।

स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गरे। यही सोचका साथ उनी रास्वपामार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनले राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचन लड्दा उहाँले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बताए। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले नयाँ सोच र परिणाममुखी राजनीतिका कुरा राखे ।

डा वाग्ले आज नेपाली राजनीतिमा ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन्। अर्थतन्त्र र विकास नीतिमा उहाँको अनुभवले संसद्मा फरक आवाज थप्ने अपेक्षा गरिएको छ ।रासस