५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा विकास खर्च नै सुस्त

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा विकास खर्च नै सुस्त
अ+ अ-

काठमाडौं । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने अभियानमा काम गरेको बताउँदै आएको छ । समृद्धि हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने हुन्छ । तर, सरकारले पछिल्लो समय विकास निर्माण गरेको खर्च हेर्ने हो भने निक्कै सुस्त देखिएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । २१ वटा मन्त्रालयमध्ये १४ वटा मन्त्रालयले दोब्बर अंकको बजेट पनि खर्च गर्न सकेका छैनन् ।

आफैँले छुट्टयाएको विकास बजेट खर्चै गर्न नसक्ने समस्याले सरकार यसपालि पनि गाँजिएको देखिएको छ । चालु आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा मंसिर मसान्तसम्म ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले बजेटमा राखेका धेरै विकास निर्माणका कार्यक्रम सुरु नै गर्न नसक्दा विकास खर्च सुध्रिएको छैन । सरकारले धेरै पूँजीगत खर्च छुट्याएका मन्त्रालयको विकास बजेट खर्च नै निराशाजनक देखिएको छ । मन्त्रालयमा पूँजीगत र चालू खर्च हुने गरेको छ ।

पूँजी भनेको विकासतर्फको काम हो भने चालू भनेको कर्मचारीको तलब, भत्तालगायतका कार्यालयगत खर्च हुन् । सबैभन्दा बढी विकास खर्च गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगततर्फ केबल १० प्रतिशत बजेटमात्र सकेको छ । सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र पानीजहाज कार्यालय यो मन्त्रालय मातहत रहेका छन् । जल्दाबल्दा विकास मुद्दाहरू यिनै विभाग र कार्यालय वरिपरि रहे पनि खर्च गर्न सकेको छैन । सरकारले भनेजस्तो समृद्धि आउन यो मन्त्रालयको विकास खर्च एकदमै बढी हुनुपर्ने हो ।

तर, तथ्यांक हेर्ने हो भने चालू वर्षको पाँच महिना बितिसक्दा यो मन्त्रालयले विकास बजेटको साढे ९ प्रतिशतभन्दा कम खर्च गरेको छ । भौतिक मन्त्रलायले यो आर्थिक वर्षको लागि १ खर्ब ५६ अर्ब ६३ करोड रुपैयाँ बजेट पाएको छ । यो मन्त्रालयले सबैभन्दा धेरै बजेट पनि पाएको हो । १ खर्ब ५६ अर्ब रुपैयाँमध्ये १ खर्ब ४४ करोड ८८ लाख रुपैयाँ पूँजीगत बजेट भौतिक पूर्वाधार मन्त्रालयले पाएको छ । पाँच महिनाको समयमा मन्त्रालयले १३ अर्ब ६९ करोड रुपैयाँ मात्रै बजेट खर्च गरेको छ । यो मन्त्रालयको कुल पूँजीगत खर्चको जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समग्र खर्च भने ११ दशमलव १ प्रतिशत गरेको छ ।भौतिक पूर्वाधार मन्त्रालय मात्र हैन अरू मन्त्रालयका लागि छुट्टयाइएको विकास बजेटको हालत पनि त्यस्तै छ । २१ वटा मन्त्रालयमध्ये १४ वटा मन्त्रालयले त ९ प्रतिशतभन्दा कम बजेट खर्च गरेका छन् । सबैभन्दा बढि खर्च गर्नेमा अहिले युवा तथा खेलकुद मन्त्रालय छ । उसले कुल बजेटको पूँजीगततर्फ ३८ दशमलव ३ प्रतिशत खर्च गरेको छ । यसबीचमा साग खेलकुद परेकाले सो मन्त्रालयको खर्च बढेको हो ।

खेलकुद मन्त्रालयले यो आर्थिक वर्षको लागि ३ अर्ब ४७ करोड रुपैयाँ बजेट पाएको थियो । योमध्ये पूँजीगतर्फको बजेट २ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । मन्त्रालयले पाँच महिनामा ७८ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको समग्र खर्च भने ६५ दशमलव ७ प्रतिशत रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च पनि उस्तै छ । कार्यालयले पाँच महिनाको अवधिमा पूँजीगत खर्च ९ दशमलव ७ प्रतिशत खर्च भएको छ ।

यस्तै, अर्थ मन्त्रालयले ५ प्रतिशत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ दशमलव ३ प्रतिशत, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ८ दशमलव ९ प्रतिशत खर्च गरेको छ ।पूँजीगततर्फ कानुन, न्याय तथा संसदीय मन्त्रालयले ८ दशमलव ४ प्रतिशत, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५ दशमलव ८ प्रतिशत, खानेपानी मन्त्रालयले ६ दशमलव ७ प्रतिशत, गृह मन्त्रालयले १७ दशलमव ३ प्रतिशत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ७ दशमलव ६ प्रतिशत खर्च गरेको छ ।

परराष्ट्र मन्त्रालयले १० दशमलव १ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४ दशमलव ५ प्रतिशत, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ दशमलव ६ प्रतिशत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १८ दशमलव ९ प्रतिशत, रक्षा मन्त्रालयले २ दशमलव ६ प्रतिशत, सहरी विकास मन्त्रालयले १७ दशमलव ९ प्रतिशतमात्र खर्च गरेका छन् । सबै मन्त्रालयको अवस्था उस्तै उस्तै प्रकारको रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक निर्देशन दिँदै विकास निर्माणलागि तीव्रता दिन आग्रह गरे पनि तथ्यांकले भने कमजोर देखाएको हो ।

पूँजीगत खर्च कमजोर हुनेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि रहेको छ । यो मन्त्रालयले पाँच महिनामा केवल ३ प्रतिशतमात्रै खर्च गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने १७ दशमलव ६ प्रतिशत, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले १३ दशमलव २ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ दशमलव ४ प्रतिशत र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ९ दशमलव २ प्रतिशत खर्च गरेका छन् । सौर्य दैनिकबाट