१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाह ! काम: साम्झैताको समय अगावै काम सक्ने ठेकेदारलाई सम्मानित गरियो



अ+ अ-

तोकिएको समय अगावै निर्माण सम्पन्‍न गरेपछि एक निर्माण व्यवसायीलाई दाङमा सम्मान गरिएको छ। दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वारखोला पुल निमार्ण तोकिएको समयभन्दा करिब ८ महिनाअगाडि नै सम्पन्न गरेपछि कालिका रसुवा जेभि कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई विजौरी उद्योग वाणिज्य संघले सम्मान गरेको हो।

सघंका अध्यक्ष मुक्तिबहादुर वलीका अनुसार समयमै काम सम्पन्न गरेर उनी उदाहरणीय व्यक्ति बनेका हुन् । उनले भने, ‘कन्ट्रक्सनले जसरी सबै निर्माण व्यवसायीले समयमै विकास निमार्णका गर्न सके विकास निमार्णले फड्को मार्नेछ ।’ त्यसैगरी कन्ट्रक्सनका प्रतिनिधि श्रेष्ठले आफूले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्‍ने जिम्वारीका साथ आफूले काम गरेको पनि र बताए ‘जिम्मा लिएको काम मैले समयमै सक्ने गरेको छु,’ उनले भने।

उक्त कम्पनीले सो कामको जिम्मा विस २०७४ साल असारमा सम्झौता गरी २०७७ असारमा निर्माण सक्नेगरी पाएको थियो। उक्त कम्पनीले २ वटा पुल सम्झौता समय अगावै सम्पन्न गरेको हो। घोराही तुलसीपुर सडकखण्डमा करिब ८ महिनाअगाडि २२० मिटर लामो पुल र ग्वारखोलामै अर्को पुल पनि करिब १४ महिनाअगाडिनै निर्माण सम्पन भइसकेको छ।