२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी



अ+ अ-

सुनसरी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी हुनुभएको छ ।

उहाँले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियैतल आठ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्रका १६ जनासहित ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । हरिनगरा, भोक्राहा, बराहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो । रासस