१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा एक सातामा १५ हजार चार सय ४४ सवारीचालक कारबाहीमा परे



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एक सातामा १५ हजार चार सय ४४ सवारीचालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाले १ देखि ८ पुससम्म ट्राफिक नियम उल्लंघन गर्ने १५ हजारभन्दा बढी सवारीचालकलाई कारबाही गरेको हो । महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार ट्राफिक प्रहरीको विशेष मोबाइल चेकिङ तथा कारबाही अभियानका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।

ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, ट्राफिक नियमको पालना गराउने र कानुन कार्यान्वयन गराउने उद्देश्यले विशेष मोबाइल अभियान सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले बताए । चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ अन्तर्गत कारबाही गरिएको माहाशाखाले जनाएको छ । कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै ढोका खुला राखेर सवारीसाधन चलाउने चालक छन् । ढोका खुला राखेर चलाउने एक हजार २२ सवारीचालक कारबाहीमा परेका छन् ।

अनधिकृत पार्किङ गर्ने नौ सय ५०, हर्न बजाउने पाँच सय, मादकपदार्थ सेवन गरी सवारी चलाउने सात सय ९०, लेन अनुशासन पालना नगर्ने सात सय ९९, जथाभावी यात्रु ओराल्ने र चढाउने ६ सय ७० चालक कारबाहीमा परेका छन् ।

साथै, एकतर्फी सडकमा सवारीसाधन चलाउने एक सय ८९, जथाभावी सवारी मोड्ने २ सय २९, बढी भाडा लिने ट्याक्सीचालक दुई सय ४४, क्षमताभन्दा बढी यात्रु चढाउने २८ सार्वजनिक यातायात, सिसिटिभी निगरानीका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने पाँच सय २९ चालकलाई कारबाही गरेको माहशाखाले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकबाट