१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

सभामुखमा नेम्वाङकै सम्भावना बढि, उपसभामुख को ?

सभामुखमा नेम्वाङकै सम्भावना बढि, उपसभामुख को ?
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् । संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् । पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन् । यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए । तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाको स्थायी कमिटी बैठक आइतबार सकिएपछि सभामुख र उपसभामुखको विषयमा अध्यक्षद्वय ओली र दाहालले निरन्तर छलफल सुरु गरेका हुन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखको निर्वाचन गर्नुपरेको हो ।उपसभामुख डा. शिवमाया तुम्बाङ्फेलाई राजीनामा गराउने सहमति यसअघि नै भइसकेको छ । सुरुमा तुम्बाङ्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत लबिङ गरेकी थिइन् । संसद्को हिउँदे अधिवेशन सुरु भएसँगै नयाँ सभामुख र उपसभामुखका लागि चर्चा सुरु भएको हो । शुक्रबार बस्ने बैठकबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि नेम्वाङ, गुरुङ, सापकोटा, भुसाल, तुम्बाङ्फे सभामुखका दाबेदार भए पनि नेम्वाङ नै सभामुख हुने पक्का भएको छ ।

उपसभामुख को ? नेम्वाङ सभामुख हुने निश्चित भएसँगै उपसभामुख कसलाई दिने भन्ने खोजी सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालले उपसभामुखबारे अहिलेसम्म केही निर्णय गरेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैनन् त्यसैले सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसदलाई उपसभामुख बनाइनेछ । नेकपाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ ।

राष्ट्रिय सभा निर्वाचनमा राजपासँग दुई बुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ तर्फ रिक्त हुने ४ सिटमा नेकपाले दुई र राजपाले दुई सिट लिने र त्यसमा एकअर्कालाई सहयोग गर्ने सहमति यसअघि नै भइसकेको छ । यस्तै, आगामी दिनमा समेत राष्ट्रिय राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै अगाडि बढ्ने सहमतिले उपसभामुख राजपाले पाउन सक्ने सम्भावना बढी देखिन्छ ।

राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी वा रानी मण्डलमध्ये एकलाई उपसभामुख बनाउने निश्चित छ । राजपा स्रोतका अनुसार नेकपासँग भएको दुई बुँदे सहमतिसँगै उपसभामुख पनि राजपाले पाउने आश्वासन पाएको छ । चौधरी राजपा नेता महन्थ ठाकुर, अग्रहरी राजेन्द्र महतो र मण्डल अनिल झा निकटका सांसद हुन् । नेकपाबाट आश्वासन पाएको राजपा नेपालले यी तीन महिला सांसदमध्ये एकलाई अघि सार्न सक्छ ।

त्यस्तै, जनमोर्चाका सांसद दुर्गा पौडेलको सम्भावना पनि उत्तिकै छ । नेकपाकै सहयोगमा निर्वाचित भएको र जनमोर्चा कम्युनिस्ट पार्टी भएकाले पौडेललाई समेत नेकपाले अघि सार्ने सम्भावना छ । जनमोर्चा नेता मोहनविक्रम सिंहकी धर्मपत्नीसमेत रहेकी पौडेललाई नेकपाले अघि सार्न सक्नेछ । पौडेल प्यूठान १ बाट नेकपाकै समर्थनमा विजयी भएकी हुन् । राजधानी दैनिकबाट