५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उपसभापतिको अभिव्यक्ति तोडमोड गरेर भ्रम फैलाइयो: रास्वपा

उपसभापतिको अभिव्यक्ति तोडमोड गरेर भ्रम फैलाइयो: रास्वपा
फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्याल (डीपी) को भनाइलाई तोडमोड गरेर गलत प्रचार गरिएको रास्वपाले जनाएको छ ।

अर्यालको अभिव्यक्तिलाई आफू अनुकुल व्याख्या गरेर गलत अर्थ लगाइएको रास्वपाका एक नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो । शनिवार सञ्चारकर्मीले सोधेको सङ्क्षिप्त पश्नको कुराकानीलाई तोडमोड गरेर प्रचार भएको सो पार्टीले जनाएको छ ।

बालेनलाई रास्वपाले प्रधानमन्त्री नबनाउने भनेको, बालेनलाई प्रधानमन्त्री बनाउने कुरामा चपाएर कुरा गरेको भनेर अहिले कतिपयले अर्यालको आलोचना गरिरहेका छन । ती नेताले भन्नुभयो अर्यालको भनाईलाई पुरै तोडमोड गर्ने काम भयो ।

उहाँले भन्नुभयो “अर्यालले अभिव्यक्त गरेका विचारको केही अंशलाई मात्र लिई अपव्याख्याको अभ्यास भएको छ यसबाट कसैमा पनि दुविधा हुन आबश्यक छैन ।”

ती नेताले भन्नुभयो “प्रश्नमा खोजिएको उत्तरसँग असहमति थिएन, छैन र होइन । हाम्रो सहमतिको भाषामा चाहिँ एउटा शब्द फरक छ भनिएको मात्र हो । संविधान त प्रधानमन्त्री पार्टीले नियुक्त गर्ने नभै सम्मानीय राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था हुन्छ । व्यक्तिले प्रधानमन्त्री बनाउने भन्नु अपरिपक्व हुने भएकाले संसदीय दलको सहमतिको प्रकृया अवलम्वन गरेर बनाउँछौँ भन्नु भएको हो ।”

उहाँले भन्नुभयो ‘रास्वपाले बरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनेर सहमती गरिसकेका छौँ । प्रकृया मार्फत यही नै निर्णय हुन्छ । शंका र दुविधा गराउने आशयले समाचार बनाउन आबश्यक छ्रैन ।

गत माघ १३ गते रास्वपा र काठमाडौँ महानगरका मेयर बालेनबीच सहमति भएको थियो । सो सहमतिमा बालेनलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारीमा ल्याउँदै रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने समझदारी बनाएको थियो ।