१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

नेकपा एकता प्रक्रियाको बाँकी काम दुई साताभित्र टुङ्ग्याइसक्ने

नेकपा एकता प्रक्रियाको बाँकी काम दुई साताभित्र टुङ्ग्याइसक्ने
अ अ+ अ-

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ । नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ । त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिरहेको पार्टी सङ्गठन विभागका सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिए ।

नेकपामा बाँकी रहेका एकताका कामको प्रतिवेदन तयार गरी सचिवालयमा बुझाइसकेको बताउँदै उनले त्यसलाई सचिवालयले टुङ्ग्याउन बाँकी रहेको बताए । सङ्गठन विभागका बैठक बसेर बाँकी रहेका एकताका कामहरू कसरी चाँडो टुङ्ग्याउन सकिन्छ, त्यसको बारेमा छलफल गरी सचिवालयलाई सुझाव दिने उनले बताए । सचिवालय सदस्य झलनाथ खनालले पुस २३ गतेअघि एकताका बाँकी सबै काम टुङ्गो लगाउने निर्णय भएको छ, त्योअनुसार तयारी भइरहेको बताउँदै सचिवालयको बैठकले सबै टुङ्गो लगाउने स्पष्ट पारे ।

“एकता तथा समायोजन टुङ्गो लगाउन बाँकी रहेका सङ्गठनहरूको प्रतिवेदन सचिवालयमा आइसकेको छ, त्यसमा छलफल गरी टुङ्गो लगाउने काम हुन्छ”, उनले थपे, सचिवालको बैठक चाँडै बस्दै छ, ती बैठकले एकताको बाँकी काम टुङ्गो लगाउनैपर्छ । ढिलो भइरहेको छ, अब टुङ्गो लगाउनुको विकल्प छैन । ” नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी छ ।

नेकपामा तीनवटा आयोग छन् । जसमा दुईवटा आयोगको नेतृत्व तत्कालीन एमालेको भागमा परेको छ भने एउटा आयोगको नेतृत्व तत्कालीन माओवादी केन्द्रको कोटामा परेको छ । आयोगहरू ३१ सदस्यीय हुने छन् । जसमा तत्कालीन एमालेका तर्फबाट १८ र तत्कालीन माओवादी केन्द्रको तर्फबाट १३ सदस्य रहने नेकपाले तयार पारेको मापदण्डमा उल्लेख छ ।
नेकपाको २२१ सदस्यीय केन्द्रीय सल्लाहकार समिति बन्ने छन् । जसमा तत्कालीन एमालेबाट १२१ र तत्कालीन माओवादीबाट एउटा सदस्य रहने बताइएको छ ।

नेकपाको ज्येष्ठ कम्युनिस्ट मञ्च २२१ सदस्यीय बन्ने भएको छ । पार्टीको पोलिट ब्युरो कमिटी गठन गर्न पनि बाँकी छ । पोलिट ब्युरो १४७ सदस्यीय हुनेछ । यी सबै काम पुस २३ गते बस्ने केन्द्रीय समितिको बैठकअघि टुङ्गो लगाउने तयारी नेकपाको छ । गएको वर्ष २०७५ जेठ ३ गते पार्टी एकीकरण भएलगत्तै नौ सदस्यीय सचिवालय गठन भएको थियो । त्यस्तै ४५ सदस्यीय स्थायी कमिटी छ भने ४४५ सदस्यीय नेकपाको केन्द्रीय कमिटी छ ।

नेकपाले यसअघिका बैठकबाट २२ वटा जनवर्गीय सङ्गठन र पार्टीका ३३ वटा केन्द्रीय विभाग, ७७ वटै जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र पाँचवटा उपत्यका विशेष कमिटी र सो मातहतका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव, आठवटा सम्पर्क समन्वय कमिटी तथा सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज, संयोजक÷अध्यक्ष, सचिव, २५ वटा जनवर्गीय तथा सामुदायिक सङ्गठनहरूका इन्चार्ज र सहइन्चार्ज तथा दुई जना कार्यालय सचिव टुङ्गो लगाइसकेको छ । अधिकांश जिल्लाका एकताका काम सम्पन्न भइसकेका छन् ।

कतिपय जिल्लामा शपथ ग्रहण पनि सकिइसकेको छ । सदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्ला र स्थानीय तहको एकता प्रक्रिया टुङ्गो लागिसकेको छ । नेकपाका जनवर्गीय सङ्गठन र ३२ विभागले पूर्णता पाए पनि तीमध्ये अधिकांशको सङ्गठन संरचना अपूर्ण छन् । राष्ट्रिय युवा सङ्घ, किसान महासङ्घ, प्रेस सेन्टर नेपालसहित केही जनवर्गीय सङ्गठनले मात्रै केन्द्रीय नेतृत्वको मात्र एकीकरण टुङ्गो लगाउन सकेको छ । अरू अधिकांशको पूर्णता पाउन बाँकी छ । अनेरास्ववियुको सङ्ख्याका विषयमा सहमति भए पनि केन्द्रीय सदस्य को–को हुने टुङ्गो लागेको छैन ।

३३५ सदस्यीय केन्द्रीय समिति हुने र त्यसमा तत्कालीन एमाले अखिलबाट १८० र तत्कालीन माओवादी अखिलको तर्फबाट १५५ सदस्य रहने छन् । महिला सङ्गठनको केन्द्रीय समितिमा कति सदस्य हुने भन्ने हालसम्म टुङ्गो लागेको छैन । ठूला जनवर्गीय सङ्गठनलाई २५१ सदस्यीयसम्म रहने मापदण्ड बनाएको थियो । महिला सङ्गठन समायोजनका लागि गठन भएको कार्यदलले ४७५ सदस्यीय बनाउनका लागि सिफारिस गरेको थियो । तर, पार्टी नेतृत्वले त्यति सङ्ख्यालाई स्वीकार गरेको छैन । गोरखापत्र दैनिकबाट