५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

उपत्यकामा रास्वपाको बलियो उपस्थिति, डिपी अर्याल फराकिलो मतान्तरले विजयी

उपत्यकामा रास्वपाको बलियो उपस्थिति, डिपी अर्याल फराकिलो मतान्तरले विजयी
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याल काठमाडौँ उपत्यकामा सबैभन्दा ठूलो मतान्तरसहित काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट विजयी हुनुभएको छ।

७५,६५५ कुल मतदाता संख्या रहेको क्षेत्र नं ९ मा ५२,२८६ खसेको थियो । जसमा ५०,६३० मत सदर भएको थियो भने १,६५६ मत बदर भएको थियो ।

अर्यालले ३५,९१३ मत प्राप्त गरेर बिजयी हुँदा नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५४६० मत प्राप्त गर्नुभएको थियो । यसैगरी नेकपा एमालेका अजय क्रान्ति शाक्यले ४५८० मत प्राप्त गर्नुभएको थियो । अर्याल र बास्तोलाको मतान्तर २९६३५ रहेको छ ।

अर्यालले आफ्नो पार्टीको उम्मेदवारसंग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताउनु भएको छ । अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसंग भएको ईमान्दारीता, क्षमता र दुरदर्शीतालाई हेरेर जनताले विश्वास गरेको बताउनु भयो ।

उहाले आफुलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । जनताले आफुहरुलाई न्याय दिएको भन्दै उहाले अन्याय नहुने गरि काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमार्फत संघीय सांसद बन्नु भएका अर्यालले यस पटक प्रत्यक्ष निर्वाचन मार्फत संसदमा प्रबेश गर्नुभएको छ ।