५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

गोर्खालीले हार्न जान्दैन म पनि हार्न नजान्ने गोर्खाली हुँ: डीपी अर्याल

गोर्खालीले हार्न जान्दैन म पनि हार्न नजान्ने गोर्खाली हुँ: डीपी अर्याल
अ+ अ-

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद (डीपी) अर्यालले आफ्नो प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारसँग हुने बताएका छन्। निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि मतदातालाई सम्बोधन गर्दै उनले अब मुलुक समृद्धितर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे।

“यो जित यस क्षेत्रका सबै मतदाताको हो। म सम्पूर्ण मतदाता र मेरा प्रतिस्पर्धी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। हामी यो चुनावी यात्रामा सँगसँगै हिँड्यौँ। उहाँहरू मेरा सहयात्री हुनुहुन्छ। मेरो प्रतिस्पर्धा भनेको भ्रष्टाचारीसँग मात्रै हो,” उनले भने।

अर्यालले यो निर्वाचन हालसम्मकै विशेष निर्वाचन भएको पनि बताए। “यसअघि पनि यस्तो निर्वाचन भएको थिएन, आगामी दिनमा पनि हुने छैन। जनताले मुलुकमा सुशासन चाहेका छन्, जुन आफ्नो मतमार्फत प्रमाणित पनि गरेका छन्,” उनले भने।

“हामी केवल राजनीति गर्न आएका होइनौँ। प्रधानमन्त्री, मन्त्री र नेता मात्रै बन्न पनि आएका होइनौँ। हामी मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएका हौँ,” उनले भने।

अर्यालले काठमाडौँ क्षेत्र नम्बर ९ मा जनताले अनुभूति गर्ने गरी न्यायपूर्ण काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। “गोर्खालीले हार्न जान्दैन। म पनि हार्न नजान्ने गोर्खाली हुँ। हाम्रो जित भनेकै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हो,” उनले भने।

३५ हजार ९३ मत ल्याएर अर्याल काठमाडौँ–९ बाट निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याएकी छन्। काठमाडौँ उपत्यकामा सबैभन्दा ठूलो मतान्तरले विजयी हुने उम्मेदवार पनि अर्याल नै बनेका छन्। उनी २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन्।

उनले निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिँदै समानुपातिक मत गणनामा पनि सहकार्य गर्न सबैसँग आग्रह गरेका छन्।