१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

टहराबाट पक्की भवनमा पढ्न पाउँदा विद्यार्थी खुसी

टहराबाट पक्की भवनमा पढ्न पाउँदा विद्यार्थी खुसी
अ अ+ अ-

बेझाङ । भवन अभावमा टहरामा पढाइ हुँदै आएको रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयले अहिले सुविधा सम्पन्न पक्की भवनबाट पठनपाठन कार्य सुरु गरेको छ ।पक्की भवनभित्र बसेर पठनपाठन हुन थालेपछि विद्यार्थी खुसी भएका छन् । सामान्य हावाहुरी चलेका बखत बाँसको टहरा नै उडाउने डरले बीचमै विद्यालय बन्द गर्नुपर्ने समस्या थियो । पानी परेका बखत कक्षा कोठाभित्रै पानी पसेर किताब, कापी, झोला नै भिजेर जोगाउनै समस्या परेको कक्षा ४ मा अध्ययनरत छात्रा सुमित्रा विक बताउँछिन् ।

‘अहिले टहराबाट भवनमै बसेर पढ्न पाइएको छ, घामपानी, हावाहुरीको डर छैन, शान्त वातारणमा सहजसँग कोठामा बसेर पढ्न पाउँदा बल्ल विद्यालय जस्तो अनुभूति भएको छ’, उनले भनि । सामान्य बाँसले बारेको टहराभित्र पठनपाठन हुँदा एउटा कोठामा पढेको कुरा अर्को कोठामा सबै सुनिने हुँदा पढाइमा विद्यार्थीलाई समस्या परिरहेको कक्षा ४ कै छात्र साहिर थापाले बताए । एउटा कोठामा पढाएको कुरा अर्को कोठामा सुनिने हुँदा पढाइमा विद्यार्थीको ध्यान केन्द्रित गराउन समस्या परेको थियो ।

विद्यालयको भवनविना खुल्ला आकाशमुनि पठनपाठन भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि छोटो समयमा विद्यालयले भवन निर्माणमा तदारुकता देखाइएपछि भवन बनेको हो । आव २०७५/७६ मा भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत प्राप्त दुईकोठे भवन निर्माण सम्पन्न भएपछि हाल सञ्चालनमा ल्याइएको हो । सो भवन २३ लाखको लागतमा निर्माण भएको छ । यस भवनमा अहिले बालविकास र कक्षा ४ का विद्यार्थीलाई राखेर पढाइ भइरहेको छ । आव २०७६/७७ मा भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत तीनकोठे भवनका लागि ३५ लाख रकम प्राप्त भएको प्रधानाध्यापक बाबुराम घिमिरेले बताए ।

सो भवन निर्माणको काम अन्तिम चरणमा छ । त्यस्तै जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) को १० लाख सहयोगमा चारकोठे भवन पनि निर्माणाधीनमा अवस्थामा छ । सो भवनको ढलानका लागि रामपुर नगरपालिकाले तीन लाख रकम सहयोग गरेको छ । निर्माण कार्य सकिन लागेको छ । निर्माणाधीन अवस्थामा रहेका दुई भवन माघसम्ममा सम्पन्न हुने सहायक प्रधानाध्यापक रुक्मिणि जिसीले बताइन् ।

यहाँ कक्षा बालविकासदेखि ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । तीन स्थायी दरबन्दीका शिक्षक, चार निजी स्रोतका शिक्षक, एक बालविकास शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । कक्षा बालविकासमा १३, कक्षा १ मा १८, कक्षा २ मा दुई, ३ मा तीन, कक्षा ४ मा ११ गरी जम्मा ४७ विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण तथा शौचालय निर्माणमा वडागत बजेटले अपुग हुने भएपछि नगरपालिका कार्यालयबाट नै बजेट विनियोजन गरेर भौतिक संरचना निर्माणमा जोड दिएको वडाध्यक्ष ताराबहादुर थापा बताउँछन् ।

‘शिक्षा क्षेत्रमा वडा र नगरले प्राथमिकता दिएको छ, शैक्षिक सामग्री सहयोग, भौतिक संरचना निर्माण गरी गुणस्तरीय शिक्षा दिइरहेका छौँ’, उनले भने । नगरपालिकाको सात लाख सहयोगमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उनले बताए । रामपुर नगरपालिका–२ कागतीडाँडामा सञ्चालन भइरहेको विद्यालय बस्ती पातलिँदै जादा विद्यार्थी नै न्यून भएपछि २०७५ को शैक्षिक सत्रको सुरुआतमा नै बस्ती नजिकै स्थानान्तरण गरेर पठनपाठन गरेपछि भवन अभावको समस्या परेको हो ।

पहिलेको ठाउँमा बस्ती पातलिँदै गएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति नै न्यून भएपछि अर्को विद्यालयसँग गाभिन लागेको विद्यालय स्थानीयको जोडबलमा तल सारिएको वडा सदस्य बालकुमारी थापा बताउँछिन् । ‘बस्ती पातलियो, वन जंगल नजिकै विद्यालय, विद्यार्थीलाई विद्यालय एक्लै आउन जान समस्या थियो, तल बस्तीमा सारेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको छ’ उनले भनिन् । घामपानी प्रचण्ड गर्मीको तापमा बसेर खुला आकाशमुनी निकै कष्टसँग पढ्न विद्यार्थी बाध्य थिए । खुल्ला आकाशमुनी, केही समय स्थानीय सामुदायिक भवन हुँदै टहरामा पढाउन थालिएको हो । सौर्य दैनिकबाट