९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका दुवै जना महामन्त्रीको लज्जाजनक हार



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ र राष्ट्रिय स्वतन्त्रता पार्टीको विजयोत्सव भइरहेको छ । यो निर्वाचनमा नेपाली कांग्रेसले कुन स्थान हासिल गर्छ अर्थात् प्रमुख प्रतिपक्षी दल कांग्रेस बन्छ कि बन्दैन भन्ने पनि निश्चित भइसकेको छैन । यो समाचार तयार पार्दासम्म कांग्रेसले ५ स्थानमा विजय हासिल गरेको छ र अरु ९ स्थानमा अग्रता कायम गरेको छ ।

रास्वपाको पक्षमा अभूतपूर्व जनलहर देखिइरहँदा छ भने कांग्रेस, एमाले र नेकपा अन्तिमतिर देखिएका छन् । यसअघि कांग्रेस र एमालेका गढ मानिने निर्वाचन क्षेत्रहरूमा रास्वपाले सहज जित निकालेको छ ।

रास्वपाको लहरले यसअघिका ठूला पार्टीका र हेभीवेट मानिएकाहरु लज्जाजनक रुपमा पराजित भइरहेका छन् । यही लहरको बीचमा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति गगन थापा समेत खतराको सूचीमा परिसकेका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेसका दुई बहालवाला महामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग भारी मतान्तरले पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका महामन्त्री प्रदीप पौडेल र मोरङ क्षेत्र नम्बर ४ बाट अर्का महामन्त्री गुरुराज घिमिरे रास्वपासँग ठूलो मतान्तरले पराजित भएका छन् ।

मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार भन्दा बढी मत ल्याउँदा कांग्रेसका महामन्त्री घिमिरेले १२ हजार मात्र मत ल्याएका छन् । यता काठमाडौँको ४ नं क्षेत्रमा रास्वपाका सस्मित पोखरेलले ३० हजार भन्दा बढी मत ल्याउँदा कांग्रेस महामन्त्री पौडेलले ९ हजार मात्र मत ल्याएका छन् । पौडेल पूर्व स्वास्थ्यमन्त्री समेत हुन् र २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।




भर्खरै