१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी आक्रमणमा युएइमा मारिएका दिवसको शव आज काठमाडौँ ल्याइँदै



अ+ अ-

काठमाडौँ । गत शनिबार इरानले गरेको हवाई आक्रमणमा परी युएइमा मारिएका दिवस श्रेष्ठको शव आज काठमाडौँ ल्याइने भएको छ । उहाँको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार शनिबार दिउँसो १ः३० बजे एयर अरेबियाको जहाजबाट काठमाडौँ ल्याइने तयारी भएको छ ।

साथै आजै ४ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पनि पारिवारिक स्रोतले जनाएको छ । हाल युएइमा रहेका गोरखा निवासी श्रेष्ठको गत शनिबार इरानले गरेको हवाई आक्रमणमा परी ज्यान गएको थियो ।

शनिबार अमेरिका र इजरायलले इरानमा हमला गरेपछि इरानले पनि युएइमा रहेको अमेरिकी सैनिक शिविरमा आक्रमण गरेको थियो । त्यस क्रममा नेपालका दिवस सहित पाकिस्तान, बंगलादेशका समेतगरी ४ जनाको ज्यान गएको थियो ।