१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार ९९७ लाभग्राहीले बुझे तेस्रो किस्ता



अ+ अ-

खोटाङ । भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । पुनःनिर्माणको काम शुरु हुनुअगावै घर बनाएका ३५७ भूकम्पपीडितले एकमुष्ट रु तीन लाख अनुदान पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पुगेको अवसरमा कार्यालयले दिक्तेलमा भएको अन्तक्र्रियामा आयोजना गरेको थियो । विसं २०७४ वैशाख ३ गतेदेखि सम्झौता शुरु गरेको पुनःनिर्माण प्राधिकरणले विसं २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो ।

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत खोटाङमा पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको अन्तक्र्रियामा जानकारी दिइयो । पहिलो किस्तावापत रु ५० हजार रकम बुझेर अझै आवास निर्माणको काम शुरु नगर्ने लाभग्राहीको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको जनाइएको छ ।