१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव भयो : अध्यक्ष शर्मा



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको बताउनुभएको छ ।

‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । ‘संविधान मै नागरिकता सम्बन्धि प्रावधानहरु विवादीत छन्’ उहाँले भन्नुभयो, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ । तर बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन् । वंशजको आधार पुरुषबाट सुरु हुन्छ ।’ शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरु कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ । राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो ।