• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

राजधानीको प्रदर्शनीमार्गबाट विप्लव समुहका दर्जनौ नेताहरु पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको प्रदर्शनीमार्गबाट आइतबार दिउँसो १३ जनालाई पक्राउ गरेको हो ।

प्रदर्शनीमार्गमा विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो ।

भारतले कालापानी, लिपुलेकलगायतका भूभागलाई आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ।