२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रता



फाइल फोटो
अ+ अ-

जुम्ला। एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन् ।

जिल्लाको कनकासुन्दरी गाउँपालिकाको पाँच हजार ६२  मत गणना हुँदा राप्रपाका शाहीले दुई हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

शाहीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले एक हजार २३३ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले २८१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी, रास्वपाका विनीता कठायतले ३६ मत, प्रलोपाका मनऋषि धितालले आठ, नेमकिपाका बृषबहादुर रावतले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।

समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस