५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

कांग्रेस विवाद: समानान्तर गतिविधिको तयारीमा असन्तुष्ट समूह

कांग्रेस विवाद: समानान्तर गतिविधिको तयारीमा असन्तुष्ट समूह
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन समूहले बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूह जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ । संस्थापन पक्षले केन्द्रीय समितिमार्फत बहुमत जुटाएर नौ बुँदे निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको असन्तुष्ट समूह जिल्ला सभापति भेलादेखि आवश्यक परे महाधिवेशन प्रतिनिधि भेलासम्मको तयारीमा जुटेको हो ।

सो समूहले केन्द्रीय समितिसँग समानान्तर गतिविधि गर्ने गरी यो तयारी गरेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिले असन्तुष्ट समूहलाई झनै चिढ्याउने तथा बहुमतको बलमा गुटलाई बलियो बनाउने गरी निर्णय गरेकाले जिल्ला सभापति भेलादेखि भ्रातृसंगठन भेला र आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेला डाक्ने तयारी भएको बताए । ‘सभापति नै असन्तुष्टलाई झनै चिढ्याउने तथा गुट मात्र बलियो बनाएर पार्टी र विधानलाई कमजोर बनाउने गरी अघि बढेपछि जिल्ला सभापति भेलाको तयारी भएको हो । आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेलासम्म हुन्छ,’ नेता पौडेलले भने ।

उनले केन्द्रीय समितिमार्फत बहुमतको बलमा भएको निर्णयले पार्टीलाई ध्रुवीकरणतर्फ लगेको र असन्तुष्टको समूहलाई एकै ठाउँ उभ्याएको बताए । अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारसँगको चुनौतीसँग लड्न र कांग्रेसलाई वैधानिक बाटोबाट हिँडाउनसमेत गहन छलफलको तयारी भइरहेको बताए । ‘सरकारसँगको चुनौतीसँग लड्न र कांग्रेसलाई वैधानिक बाटोबाट हिँडाउन गहन छलफलको तयारी भइरहेको छ, छिट्टै निर्णय आउँछ,’ नेता जोशीले भने ।

असन्तुष्ट नेताहरूको संयुक्त छलफलका क्रममा जिल्ला सभापतिको भेला तत्काल बोलाउने र त्यसपछि संघीय र प्रदेश सांसद, पूर्वसांसद भ्रातृ संस्थाका पदाधिकारी र सदस्य र महाधिवेशन प्रतिनिधिको भेला बोलाउने सहमति भइसकेको एक नेताले जानकारी दिए । जिल्ला सभापति, सांसद र भ्रातृ संस्थाको भेला काठमाडौंमा गरिए पनि प्रदेश सांसद र क्षेत्रीय सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापतिको भेला भने सातवटै प्रदेशमा गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

केन्द्रीय समितिको ११ पुसको बैठकमार्फत सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने र मंसिरबाट पार्टीका तल्लो तहको अधिवेशन सुरु गरेर २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने तालिका ल्याएका थिए । सभापति देउवाले पार्टीको महाधिवेशन जस्तो विषयमा एकलौटी रूपमा निर्णय गरेको भन्दै वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाले निर्णय फिर्ता गर्न माग गर्दै आएका छन् ।

उनीहरूले बहुमतका आधारमा विधानका विभिन्न धारालाई निलम्बन गरी क्रियाशील सदस्यता वितरण र नवीकरणमा एकाधिकार लाद्ने उद्देश्यले निर्णय गरेको भन्दै सो विषयमा समेत आपत्ति जनाएका छन् । पूर्वमहामन्त्री सिटौला र नेता डा. शेखर कोइराला राजधानी बाहिर रहेकाले उनीहरू फर्किएपछि थप तयारी र निर्णय हुने बताइएको छ । राजधानी दैनिकबाट