२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा करिब ५३ प्रतिशत मत खस्यो



अ+ अ-

कर्णाली। प्रतिनिधिसभा सदस्य पदका लागि आज सम्पन्न निर्वाचनमा कर्णालीमा ५२ दशमलव ९० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार यहाँका १२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी हुम्लामा ६४ दशमलव ९५ प्रतिशत मत खसेको छ ।

त्यस्तै, डोल्पामा ६३ दशमलव १४, मुगुमा ५८ दशमलव ९०, रुकुमपश्चिममा ५८ दशमलव ४४, जुम्लामा ५६ दशमलव ६५, जाजरकोटमा ५६ दशमलव ६५, कालीकोटमा ४८ दशमलव ६२ र सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो ।

सुर्खेत क्षेत्र नं १ मा ५४ दशमलव ५७, क्षेत्र नं २ मा ५६ दशमलव ०३, दैलेख क्षेत्र नं १ मा ५० दशमलव ५१ र क्षेत्र नं २ मा ४३ दशमलव ०७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा पाँच लाख ५४ हजार ३४१ मतदाताले मात्र मत खसालेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो ।

कर्णालीमा तीन लाख ४४२ महिला र दुई लाख ५३ हजार ८९७ पुरुष मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग लिएका छन् । चार लाख ८२ हजार ९०९ मतदाता यो निर्वाचनमा सहभागी हुन नसकेको बताइएको छ । रासस