२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ४८ प्रतिशत मतदान



अ+ अ-

सुदूरपश्चिम।  प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै ४८ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले कुल मतदाताको कञ्चनपुरमा ६०, अछाममा ३९, डोटीमा ३८, बाजुरामा ४६ र बझाङमा ४१ मत खसेको जानकारी दिनुभयो ।

यसैगरी, बैतडीमा ४६, डडेलधुरामा ४९, कैलालीमा ५३ र दार्चुलामा ५४ प्रतिशत मत खसेको छ । १६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा कुल मतदाता १७ लाख १६ हजार ६६० रहेका थिए । विगतका निर्वाचनमा खसेको मतको तुलनामा प्रदेशभरि आज भएको निर्वाचनमा खसेको मत कम हो ।

मतपेटिका ढुवानी भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणनाको काम सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदानको कार्य पूरा भएपछि मतपेटिका धमाधम मतगणनास्थलसम्म ढुवानी गर्ने काम सुरु भइसकेको छ । दार्चुला, बझाङ र बाजुराको हिमाली भेकका मतदान स्थलका मतपेटिकाहरु मतगणनास्थलमा पु¥याउने समय लाग्ने प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता पदमबहादुर बोगटीले हिमाली क्षेत्रका कम्तीमा पनि १० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट ढुवानी गरेर मतगणनास्थलसम्म ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ, दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदानस्थल र नौगाड गाउँपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालय मतदानस्थलमा भने मतदाता अनुपस्थित रहे, खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गर्नुभएको छ ।” रासस