२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो



अ+ अ-

मुस्ताङ। मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएको छ । मुस्ताङमा ५६.४७ प्रतिशत मत खसेको छ ।

जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार कुल ६ हजार ३९७ मत खसेकामा महिला तीन हजार १७० र पुरुष तीन हजार २२६ जना र एक मतदाना अन्य रहेका छन् ।

मतदान सम्पन्न भएसँगै जिल्लाका पाँचवटै स्थानीय तहबाट मतपेटिका सङ्कलन सुरु भएको छ । तल्लो मुस्ताङको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा सङ्कलनको काम भइरहेको छ ।

मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठक बसेर मतगणनाको काम सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस