१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अति विपन्नको घरमा नि:शुल्क मिटर जोड्दै भरतपुर विद्युत् प्राधिकरण



अ+ अ-

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । प्राधिकरणका अनुसार त्यसका लागी स्थानीय तहतले विपन्न भनि सिफारिस गरेको कागजात र ऐलानी जग्गामा घर भए चार किल्ला खुलेको हुनुपर्ने जनाएको छ ।

विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला गरिने प्राधिकरण भरतपुर केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए । यस्तै, साँस्कृतिक सम्पदा भएका क्षेत्रमा पनि निःशुल्क मिटर जडान गरिने प्राधिकरणको सूचनामा उल्लेख छ । महतोका अनुसार भरतपुर वितरण केन्द्रले गत वर्ष करिब चार सय मिटर निःशुल्क जडान गरिदिएको थियो ।

यसैबीच, वितरण केन्द्रको एकल सेवा विन्दुको उदघाटन सोमवार गरिने भएको छ । प्राधिकरण हेटौंडा डिभिजनका प्रमुख केदारराज सिलवालले सेवा विन्दुको शुभारम्भ गर्ने कार्यक्रम छ । प्राधिकरणमा काम लिएर आउने सेवाग्राहीलाई एकै ठाउँबाट सबै सेवा दिएर सहजता ल्याउने उद्देश्यले एकल सेवा विन्दु सञ्चालन गर्न लागिएको हो ।

एकल सेवा विन्दुमा निवेदन लिने, फारम भर्ने, रकम बुझाउने लगायतका काम गरिन्छ । केन्द्रमा विद्युतको मिटर लिन, महसुल तिर्न, नामसारी गर्न, जलेको वा बिग्रिएको मिटर बनाउन, पोलको माग गर्ने वा पोल सार्नेलगायतका काम लिएर सेवाग्राहीहरु आउने गर्दछन् ।