१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी



अ+ अ-

नवलपुर । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति अज्ञात समुहद्वारा आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।

आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् । घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिइन् ।