भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेका कारण नेपालमा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली मंगलबार रातीसम्म नेपालमा सक्रिय हुने महाशाखाले जनाएको छ । उक्त मौसम प्रणालीका कारण आज (मंगलबार) रातीदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना रहेको छ।
हिमपात र पानी परेसँगै देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ। यही मौसम प्रणालीका कारण बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ।
यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ। बिहिबार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ। सोही राती राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ।