१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी टप्पु वन्यजन्तु आरक्षबाट भागेर आएका हात्तीबाट लाखौँको क्षति



अ+ अ-

सप्तरी । सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार/पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको सप्तरी प्रहरीले जनाएको छ ।

हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ । हात्तीले घर भत्काउँदा भरतको रु १० हजार, ललनको रु ७० हजार, सन्तोषको रु १५ हजार, राजेन्द्रको रु २० हजार, अशोकको रु ३० हजार र दिनेशको रु २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाई नष्ट गर्दा रु एक लाख २० हजार बराबरको क्षति भएको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा रु एक लाख बराबरको क्षति भएको छ ।

सीताराम सदाको घर भत्काउँदा रु एक लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बासको टाटी भएको दुई घर भत्काउँदा रु ४० हजार, मुखालाल चौधरीको तीन घर भत्काउँदा रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा रु २०/२० हजार बराबरको क्षति भएको पीडितहरुले बताए ।