१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नामाकरण विरोध



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध हुन थालेको छ ।

नेवार समुदायका अभियन्ताहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन् । अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताउनुभएको छ । उक्त निर्णय गैर संवैधानिक र संघीयता विरोधी भन्दै उहाँले प्रदेशको नाम बाग्मती कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेवा ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिले देखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाले गरेको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताउनुभयो । ‘आन्दोलनको तयारी भइरहेको छ । यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिती आउँछ’, उहाँले भन्नुभयो । राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधाररमा ल्याउन ंसंघीयता आएको भन्दै उहाँले प्रदेश नम्बर ३ लाई नेवा ताम्सालिङ नामाकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग भएको सम्झौताबाट प्रधानमन्त्री पछि हटेको प्रति कडा टिप्पणी समेत गर्नुभएको छ । नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बाग्मती राख्ने निर्णय गर्दै प्रदेशसभालाई निर्देशन दिएको थियो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आउनुभएको थियो ।