• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

मोदीलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२० को शुभकामना दिएका छन् ।

नयाँ वर्ष २०२० को अवसरमा बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोनबाटै शुभकामना साटासाट गरेका हुन् ।

उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गरेका छन्।

‘बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।