१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२० को शुभकामना दिएका छन् ।

नयाँ वर्ष २०२० को अवसरमा बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोनबाटै शुभकामना साटासाट गरेका हुन् ।

उनीहरूबीच दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गरेका छन्।

‘बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं,’ ओलीले भनेका छन्।

प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।