• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

थुन्से लिएर सडकमा फोहोर टिप्दै थापा



काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागतका लागी नेपाली कांग्रेस चर्चित युवा नेता गगन थापाले सडकका फोहोर टिपेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर टिप्दै थुन्सेमा संकलन गर्दै थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरू भएको हो।

भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताए।

उनले सडकमा यत्रतत्र फोहोर रहेको भन्दै उनले सडकमा फोहोर नफाल्ने संकल्प गर्नुपर्ने बताए।