१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक रुपैयाँमा पर्यटकलाई बास



अ+ अ-

मङ्गलबारे । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।

सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बस्नुभएको छ । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ ।

होटल व्यवसायी सङ्घ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रुपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उहाँहरुलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ ।

होटल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ ।

नेपाल भ्रमण वर्ष शुरु भएको पहिलो दिन उद्घाटनसहित विभिन्न कार्यक्रम भएका छन् । इलाम चोक बजारमा विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेनालगायत जिल्लावासीले र्यालीसहित इलाम चोक बजारमा कोणसभा गर्दै पर्यटकलाई निम्तो दिइएको छ ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुन्दर जिल्ला इलाममा भित्रिने पर्यटकले मनोरञ्जनका साथै धेरै ज्ञानबद्र्धक कुरा पाउने बताउनुभयो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, पर्यटक व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतले मन्तव्य राख्दै नेपाल भ्रमणको निम्तो बाँड्नुभएको छ ।