१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा



अ+ अ-

पाटन (ललितपुर), १९ फागुनः ललितपुरको कुपण्डोलस्थित  पुल्चोक इन्जिनियरिङ कलेज स्थित निभेन अमात्यले ७ तले भवनको माथिल्लो तलामा संचालन गरेको दाउरा थकालीमा  लागेको आगो नियन्त्रणमा आएको छ ।

आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । “हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो ।

आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उहाँले बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।रासस