• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

मेरो लक्ष्य मास्टर बन्ने हो, प्रधानमन्त्री हुन्छु भन्ने त सपना पनि देखेको थिएन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताएका छन् । ओलीले आफु प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको बताएका हुन् ।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए ।

त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरुहरु नै ठूलो र जानकार मान्छे भएकाले आफू मास्टर बन्न लक्ष्य प्रधानमन्त्री ओलीले सुनाए । उनले भने, ‘हुँदै जाँदा मैले समाजमा अनुचित कुराहरु देखेँ । त्यसलाई ठीक बनाउन संघर्ष गर्नु पर्नेरहेछ, परिर्वतनका लागि आन्दोलनमा लाग्नु पर्नेरहेछ भन्ने बुझेँ ।’

जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुने उनले बताए । व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा रहेको उनले सुनाए ।

तर आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’