• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

मेरो लक्ष्य मास्टर बन्ने हो, प्रधानमन्त्री हुन्छु भन्ने त सपना पनि देखेको थिएन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताएका छन् । ओलीले आफु प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको बताएका हुन् ।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए ।

त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरुहरु नै ठूलो र जानकार मान्छे भएकाले आफू मास्टर बन्न लक्ष्य प्रधानमन्त्री ओलीले सुनाए । उनले भने, ‘हुँदै जाँदा मैले समाजमा अनुचित कुराहरु देखेँ । त्यसलाई ठीक बनाउन संघर्ष गर्नु पर्नेरहेछ, परिर्वतनका लागि आन्दोलनमा लाग्नु पर्नेरहेछ भन्ने बुझेँ ।’

जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुने उनले बताए । व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा रहेको उनले सुनाए ।

तर आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’