५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

‘रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको केन्द्र बनाउने मेरो संकल्प हो’: विष्णु पौडेल

‘रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको केन्द्र बनाउने मेरो संकल्प हो’: विष्णु पौडेल
अ+ अ-

रुपन्देही: नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने संकल्प लिएको बताउनुभएको छ ।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बोल्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो ।

मुलुकमा समृद्धि र सामाजिक न्याय त्यसै प्राप्त नहुने बताउँदै उहाँले त्यसका लागि सही सोच, दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्ने र आफ्नो उम्मेदवारी तिनै राष्ट्रिय उद्देश्य पूरा गर्न केन्द्रित रहेको बताउनु भयो ।

रुपन्देही जिल्लालाई पूर्वाधार र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन आफूहरु सफल भएको दाबी गर्दै पौडेलले अबको योजना निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र निर्माणाधीन आयोजनाको सफल कार्यान्वयन रहेको बताउनु भयो । यसका साथै जिल्लामा थप नयाँ र ठूला आयोजनाहरु शुरु गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘फागुन २१ सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा म रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको छु । मेरो उम्मेदवारी समग्रतामा संविधानको रक्षा, लोकतन्त्रको रक्षा, समृद्धि र सामाजिक न्यायको यात्रामा मुलुकलाई अगाडि बढाउनका लागि हो । राजनीतिक स्थायित्व र सुशासनका लागि हो । समृद्धि यसै प्राप्त हुँदैन, सामाजिक न्याय यसै प्राप्त हुँदैन त्यसका निम्ति सही सोच, सही दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ । त्यस हिसावले यी उद्देश्यहरु हासिल गर्नका लागि हो । जहाँसम्म रुपन्देही क्षेत्र नम्बर २ को सन्दर्भ छ, रुपन्देही क्षेत्र नम्बर २ को सन्दर्भमा रुपन्देही जिल्लाको सन्दर्भमा मेरो उम्मेदवारीको प्रयोजन, हामीले यसबीचमा रुपन्देही जिल्लालाई देशकै पूर्वाधार विकास र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन सकेका छौं । गर्व गर्न लायक धेरै ठूला पूर्वाधारका आयोजनाहरु सम्पन्न भएका छन् या त निर्माणाधिन अवस्थामा छन् । मेरो उम्मेदवारी निर्माण सम्पन्न भएका आयोजनाहरुको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्नका लागि हो, निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरुको प्रभावकारी ढंगले कार्यान्वयनका लागि हो र अरु केही नयाँ ठूला आयोजनाहरु शुरुवात गर्नका लागि हो । र मैले यो रुपन्देही जिल्लालाई शिक्षाको केन्द्र बनाउन चाहेको छु, स्वास्थ्यको केन्द्र बनाउन चाहेको छु, रोजगारी, स्वरोजगारी र आयआर्जनको केन्द्र बनाउन चाहेको छु । यहाँका विद्यार्थी विद्यालय शिक्षा र उच्च शिक्षाका निम्ति देशका अन्य भागमा वा अन्यत्र जान नपरोस् । यहाँका नागरिकहरु उपचारको निम्ति अन्यत्र जान नपरोस्। रोजगारीका निम्ति नयाँ नयाँ सम्भावनाहरु यही जिल्ला भित्र उपलब्ध हुन सकुन् । स्वरोजगारीका नयाँ नयाँ सम्भावनाहरु यही उपलब्ध हुन सकुन् ।यस उद्देश्यका साथ मैले यो जिल्लालाई भौतिक र मानवीय विकासका दृष्टिकोणले देशको नमुना जिल्ला बनाउने मेरो संकल्प छ । यही संकल्प, यही उद्देश्य हासिल गर्नका लागि मेरो उम्मेदवारी हो ।’

नेता पौडेलले रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको मुख्य केन्द्र बनाउने आफ्नो मुख्य लक्ष्य रहेको सुनाउनु भयो । उहाँले जिल्लामै रोजगारी र स्वरोजगारीका नयाँ–नयाँ सम्भावनाहरु सिर्जना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । भौतिक विकाससँगै मानवीय विकासलाई सँगसँगै अगाडि बढाएर रुपन्देहीलाई देशकै सर्वोत्कृष्ट र नमूना जिल्ला बनाउने संकल्पका साथ आफू चुनावी मैदानमा होमिएको उहाँले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल