६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा ९२५ जना अस्थायी मतदाता



अ+ अ-
काठमाडाैँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ ।
जिल्ला अस्थायी मतदाताका यहाँका दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए।
जिल्लामा रहेका सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकायलगायत ९२५ जनाले अस्थायी मतदाताअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।
निर्वाचनको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेको छ । अन्यको मतदाताको हकमा भने सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य तथा व्यापार कम्पनीको शाखा कार्यालय जुम्लाको प्राङ्गणमा र जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्ला निर्वाचन अधिकारी कँडेलले बताए ।
निर्वाचनका लागि जिल्लामा कूल मतदाता सङ्ख्या पुरुष र महिला गरी जम्मा ७१ हजार ७३९ जना रहेका छन् । छ सय ५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् ।
जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाको एकमात्र निर्वाचन क्षेत्र रहेकामा नौ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १० जना उम्मेदवारले निर्वाचनमा माग लिएका छन् ।
मदिरा बिक्रीवितरणमा रोक
जुम्लामा जिल्ला प्रशासन कार्यालयले यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर यहाँका आठवटै स्थानीय तहमा पूर्ण रूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातारण, स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्रीवितरणका साथै सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिमाण घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थहरू बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासनको उक्त कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।