१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले काबुलमा हवाई हमला गरेको अफगानिस्तानको आरोप



अ+ अ-

काठमाडौँ। अफगानिस्तानको राजधानी काबुलमा आईतवार साँझ ७ बजे पाकिस्तानी हवाई हमला भएको छ ।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता एनायतुल्लाह खोराज्मीले पाकिस्तानी लडाकु विमानहरूको ठूलो संख्याले काबुलको हवाई क्षेत्रमा प्रवेश गरेको बताउनुभएको हो ।

जसलाई रोक्न अफगान वायु रक्षा बलहरूले प्रभावकारी रूपमा हस्तक्षेप गरेका थिए । यसैबीच, अफगान स्थानीय मिडियाले रिपोर्ट गरेका छन् कि अफगान सेनाले पाकिस्तानको राजधानी इस्लामाबाद र पेशावर शहरमा ड्रोन आक्रमण गरेको छ ।

पछिल्ला दिनहरूमा अफगानिस्तान र पाकिस्तानबीच सैन्य तनाव तिब्र बनेको छ । जसमा पटक–पटक गोली हानाहान र आक्रमणहरू भएका छन् । यो घटनाले दुई छिमेकी देशहरूबीचको द्वन्द्वलाई थप उग्र बनाएको छ ।

जसमा पाकिस्तानले अफगानिस्तानमा रहेका आतंकवादी शिविरहरू लक्षित गरेको दाबी गरेको छ भने अफगानिस्तानले यो आक्रमणलाई उक्साहटबिनाको भनेको छ ।

दुवै पक्षबाट जारी यो द्वन्द्वले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्नसक्ने आशंका बढेको छ । अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको आह्वान गरेको छ तर हालसम्म कुनै ठोस प्रगति भएको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल